नियम १९
क्षेत्रीय हुलाक निर्देशकले कारवाई गर्न सक्ने

(१) यस नियमावली बमोजिम काम कारवाई नगर्ने हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकलाई क्षेत्रीय हुलाक निर्देशकले नसीहत दिन वा नोकरीबाट हटाउन सक्नेछ ।
(१क) उपनियम (१) बमोजिम नसिहत दिनु वा सेवाबाट हटाउनु अघि हुलाक प्रतिनिधि, वितरक र डाँक बाहकलाई सफाई पेश गर्न मनासिब माफिकको मौका दिनु पर्नेछ ।
(२) हुलाक प्रतिनिधि, बितरक र डाँकवाहकले जानी जानी लापरवाही गरी वा नियम आदेशको पालन नगरी नेपाल सरकार वा अन्य कुनै व्यक्तिलाई हानि नोक्सानी पुयाएमा क्षेत्रीय हुलाक निर्देशकले सम्बन्धित हुलाक प्रतिनिधि, वितरक र डाँकवाहकको पारिश्रमिकबाट
सम्पूर्ण वा आंशिक रूपमा कट्टा गरी सो नोक्सानी असुल गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम क्षेत्रीय हुलाक निर्देशकले गरेको कारवाई उपर चित्त नबुझ्ने हुलाक प्रतिनिधि, वितरक वा डा“क बाहकले पैंतीस दिनभित्र हुलाक सेवा विभागको महानिर्देशक समक्ष उजुर गर्न सक्नेछ ।

(४) उपपिनयम (३) बमोजिम परेको उजूरी उपर हुलाक सेवा विभागको महानिर्देशकले नब्बे दिनभित्र निर्णय गर्नु पर्नेछ र त्यस्तो उजूरीको सम्बन्धमा निजको निर्णय अन्तिम हुनेछ ।